निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि चल्याे गाेली, अाफ्नै हाेटेलमा बसेका किशाेरकाे मृत्यु

 भदौ ८, २०७५ शुक्रबार १८:१७:४० | दुर्गा उपाध्याय

कञ्चनपुर  – कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको हत्याको छानबिनका लागि दबाबका लागि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशाेरको मृत्यु भएको छ । 

ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका पाँच जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीतर्फ पठाइएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीले भने मृतकका बारेमा केही भनेका छैनन् ।

प्रहरीले हानेको गोली किशाेरको छातीमै लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । 

गोलीले घाइते भएकाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बिहीबार पनि प्रदर्शनका क्रममा ८ जना गोली लागेर घाइते भएका थिए ।  

*यसअघि मृतककाे नाम अन्यथा हुन गएकाेमा क्षमाप्राथी छाैँ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

7 Comments

  • मान ब चन्द

    Aug. 24, 2018, 8:07 p.m.

    17000 जनता को खुन पियेका कमुनिस्ट सरकार को लगी त्यो समान्य कुरा हो ।।।वड़ा देखि रस्तपती सम्म सरकार मा कमुनिस्ट छ ।जे गरे नि हुन्छ कस्ले रोक्छ र ।।।।कसै को केहि च्ल्छ भने देखाऊ ।।।। दस वर्ष को दौन्द काल को पीड़ा भोगेर फेरि तेही कमुनिस्ट लाई रोजने जनता ले पनी यो दीन देखनै पर्छ । ।।सलाम छ मेरो तर्फ बाट देश र जनता लाई ।।।।।।

  •  0 Reply
  • Fire is not Good because please discuss & jails

    Aug. 24, 2018, 7:40 p.m.

    Dear all Nepali brother & sister please don’t fight police any people chaid please this is my sajeson! Thank you!!

  •  0 Reply
  • Rabindra gurung

    Aug. 24, 2018, 7:39 p.m.

    यो घटना बाट म लगाएत सबै नेपाली दाजु भाई दिदी बहिनी अत्येन्तै मर्माहत छौ / बिरोध गर्नु जायेज कुरो हो तर यो बिरोध लाई सिमा भन्दा बाहिर लग्नु अनुपयुक्त लाग्छ / अब बालिका कै आमा बाबुले हिंसा भड्कन बाट रोक्न सबैलाई संयमित भएर आन्दोलन रोक्न लगाउने र प्रहरीलाई सघाउने हो कि? किनकि एउटा घटना बाट अरु धेरै घटना घट्न लाई प्रेरित गर्नु कति पनि बान्छनीय लाग्दैन / सरकारले सत्य तथ्य पत्ता लगाउन तत्परता देखाओस

  •  0 Reply
  • Prakash Mani Adhikari

    Aug. 24, 2018, 7:38 p.m.

    पीड़ित महिलाको पुरा कथा थाहा पाउन पाए राम्रो हुनेथियो

  •  0 Reply
  • तेज लिम्बु पांच्थर

    Aug. 24, 2018, 7:36 p.m.

    दोसि माथि कार्भैइ गर भन्दा गोलि बर्सौने कस्तो लोकतन्त्र हो यो

  •  0 Reply
  • मिनबहादुर श्रेष्ठ

    Aug. 24, 2018, 7:36 p.m.

    खै नेपाल मा के हुनेछ कि हुदैन केहि थाहा पाउन सकिएन कहिले. इशारों किरण अहिले को २ तिहाई प्राप्त सरकार ले केहि गर्छ कि भन्ने विश्वस थियो र छ , हामी विश्वास गर्छौ कि सरकार संक्रिय सरकार हुनेछ जुन सरकार लाई जनता ले Ones more भन्ने छन् सुझाव-: पुरानो शैली मा मा हैन नया ढंड़ग बाट चेलोंस र सिस्टम बनोस भन्न चाहन्छु

  •  0 Reply
  • Shukra singh saud

    Aug. 24, 2018, 7:08 p.m.

    सरकार गरीब सोझा जनतालाई कहिले सम्म हो दु:ख दिने ? कहिले कर लिएर त कहिले हत्या गराएर ...हामी एकदम असहाय भएका छौँ , कृपया ध्यान जाओस्/

  •  0 Reply

तपाईको प्रतिक्रिया