अाइतबारदेखि अवरुद्ध बेसीशहर–चामे सडक खुल्यो

 भदौ १८, २०७५ सोमबार १८:१३:५२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – आइतबार रातिदेखि अवरुद्ध बेसीशहर–चामे सडक साेमबार पुन: सञ्चालनमा अाएकाे छ । 

सोमबार दिउँसो साँढे ४ बजेबाट अवरुद्ध सडक सञ्चालनमा आएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो ।     

उहाँका अनुसार लमजुङको बेसीशहर नगरपालिका–६, बेलौतीबिसौना नजिकै उत्तिसघारी खरखरेमा पहिरो जाँदा आइतबार रातिदेखि बेसीशहर–चामे सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा यात्रुहरुलाई आवतजावतमा समस्या भएको थियो भने अवरुद्ध बाटो खुलाउनका लागि प्रहरी समेत परिचालन गरिएको थियो ।  

‘अवरुद्ध सडक साँढे ४ बजेबाट खुलेको छ । अहिले यस सडकखण्डमा एकतर्फी रुपमा भएपनि सवारी सञ्चालन भएको छ,’ सहायक प्रजिअ सुनारले भन्नुभयो ।

कमजोर भू–संरचनाका कारण बेसीशहर–चामे सडकखण्डका विभिन्न ठाउँमा पहिरो गइरहने स्थानीयहरु बताउँछन् । पहिरोका कारण सडक अवरुद्ध हुँदा स्थानीयका साथै पर्यटकले आउजाउमा सास्ती खेप्दै आएका छन् ।         

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया