नेपालको फितलो ब्याटिङ, हङकङलाई दियो मात्र ९६ रनको लक्ष्य

 भदौ १९, २०७५ मंगलबार ११:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनोट अन्तर्गत नेपालले हङकङलाई मात्रै ९६ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो । सुरुवात देखि नै निकै खराब ब्याटिङ गरेको नेपालले एकै रनमा पहिलो विकेट गुमायो । खाता नै खोल्न नपाइ सुवास खकुरेल आउट भए । 

नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । उनि इसान नवाजको बलमा क्याच आउट भएका हुन् । 

नेपालको स्कोर ४४ रन हुँदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । यस्तै, ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो ।

लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भए । निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौँ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए । नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन् ।

आठौँ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी बीच ३४ रनको साझेदारी भयो । यसले नेपाललाई केही राहत भएको थियो । तर नेपालले ९२ रन बनाउँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले १५ रन थपे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया