पाँचथरमा माटाेको ढिस्कोले पुरिएर एक जनाकाे ज्यान गयो

 बैशाख ५, २०७९ सोमबार ११:२६:४७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् ।

आज बिहान मदन पन्धाकको घरकाे जग हाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर ६९ वर्षीय गोपाल ढुङ्गानाको ज्यान गएको हो ।

ढुङ्गानालाई पाँचथर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् ।

यस्तै, माटाे ढिस्कोले पुरिएर मदन सुब्बाकी ११ वर्षीया छोरी क्याट्रिना सुब्बा घाइते भएकी हुन् । बालिकाकाे फिदिममा रहेकाे समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया