दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी

 असार २६, २०८० मंगलबार ९:५४:० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ ।

हिजाे साेमवार बेलुकी  विद्युतको तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय हापुरेले जनाएको हाे।

आगलागीबाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका दुई वटा सोफासेट, टेबुल र झ्यालका सिसाहरु पूर्णरुपमा जलेका प्रहरीले बताएको छ।

आगलागी भएको केही समयमै प्रहरी, स्थानीय र कर्मचारीको सकृयतामा आगो निभाइएकाे हाे । समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुँदा ठूलो क्षति हुनबाट बचेको प्रहरीको भनाइ छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया