प्रहरी कार्यालय नजिकै जुवा खाल संचालनमा, प्रहरीकै बेवास्ता

 कात्तिक २०, २०७५ मंगलबार १०:४९:४८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय नजिकै संस्थागत रुपमा जुवा संचालन भैरहँदा पनि स्थानीय प्रसाशनले यसलाई रोक्न सेकेको छैन । 

सदरमुकाम तौलिहवाको बरगदवा गाउँमा दैनिक जुवा खेल संचालन हुदै आएको छ । प्रहरीले जुवा संचालन नगर्न पटक–पटक आदेश गरे पनि आदेशको बेवास्ता गर्दै जुवा खेल संचालन भैरहेकाे छ । 

यसरी संस्थागत रुपमा जुवा संचालन हुँदासमेत प्रहरीले जुवा संचालन रोक्न सकेको छैन । 

जिल्लामा नयाँ आउनु भएका प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जुवा संचालन हुन नदिने बताए पनि उहाँको यो भनाई औपचारिकतामा मात्रै सीमित भएको छ । जुवा संचालकहरुले संचारकर्मी, प्रहरी सबैसँग सेटिङ मिलाएर जुवा संचालन गरेको दाबीका साथ जुवा खेलाउने गरेका छन् । 

जुवा खाल संचालनबाट खाल संचालकले यो समयमा मात्रै १५ लाख रुपैयाँ  फाइदा पाउने गर्छन् । पूर्ण रुपमा कानुनबाट निषेध गरिएको यो खेलमा प्रहरीले चासो नदिएकाले झन् बढ्दै गैरहेको स्थानीय नागरिकहरुको गुनासो छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया