भारतीय किसान फेरि दिल्ली यात्राको तयारीमा

 फागुन २३, २०८० बुधबार १५:१२:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आफ्नो बालीको न्यूनतम मूल्य सुनिश्चितता माग गर्दै आन्दोलनरत भारतीय किसानहरूले फेरि दिल्लीसम्म र्‍याली गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनका क्रममा एक युवा किसानको ज्यान गएपछि अघिल्लो हप्ता आन्दोलन स्थगित गरेका किसानहरूले फेरि र्‍याली शुरु गर्न लागेका बीबीसीले जनाएको छ ।

किसानहरू दिल्लीतर्फ जाने तयारी भएपछि दिल्लीको सिमानामा ब्यारिकेड लगाएको र ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरेको बीबीसीले जनाएको छ । भारतमा आमचुनाव हुन केही महिनामात्र बाँकी रहेका बेला किसानले आन्दोलन गरेका हुन् । गएको फेब्रुअरी महिनाको शुरुमा किसानहरूको आन्दोलन शुरु भएपछि सरकारले वार्ता गरेको थियो । तर वार्ता सफल भएको छैन ।

यसअघि सन् २०२० मा पनि किसानहरूले एउटा विवादित कृषि कानुनको विरोध गर्दै दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए । झन्डै एक वर्षसम्म चलेको आन्दोलनमा कैयौँ सहभागीको ज्यान गएको थियो । सरकारले विवादिन कानुन फिर्ता लिएपछि किसानहरूले आन्दोलन फिर्ता लिएका थिए ।

अहिले किसानहरूले उत्पादन लागतमा ५० प्रतिशत नाफा दिनुपर्ने, ऋण माफ हुनुपर्ने, आफूहरूविरुद्धको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राखेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया