काठमाण्डौसहित आसपासका ठाउँमा आकाश धुम्म, तत्काल मौसममा सुधार हुने अवस्था छैन : मौसमविद्

 चैत १३, २०८० मंगलबार १८:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौसहित आसपासका ठाउँमा अहिले आकाश धुम्म बनेको छ । आज बिहानैदेखि धुम्म बनेको आकाश तत्काल पुरै नहट्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले कतिपय ठाउँमा मेघगर्जनसहित पानी परिरहेको उहाँले बताउनुभयो । 

आज राति र भोलि पनि देशभर आंशिक बदली हुने महाशाखाको अनुमान छ । केही दिनअघि सुख्खा रहेको पश्चिमी क्षेत्रमा पनि आज पानी परिरहेको मौसमविद् कँडेलले बताउनुभयो ।

महाशाखाकाअनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली सक्रिय हुँदा बदली र वर्षा भइरहेको हो । यो प्रणाली केही दिनसम्म चल्ने सम्भावना छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया