तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं - सरकारले भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उहाँहरुलाई ती देशका राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ ।
प्रस्तावित राजदूत उप्रेती भूटान र अफगानिस्तानका लागि तथा पाण्डे इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्नुहुनेछ ।
पाण्डे यसअघि साउदी अरबका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । मलेसियाबाट निरञ्जनमानसिंह बस्न्यात फर्किएपछि कुमारराज खरेलले कार्यबहाक राजदूतको जिम्मेवारी सम्हाल्नुभएको थियो ।