आनन्दीदेवी सदाय मृत्यु प्रकरणमा छानबिन समितिद्वारा अनुसन्धान शुरू

 वैशाख ८, २०८२ सोमबार ९:५६:९ | रासस
unn.prixa.net

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर फुलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान शुरू गरेको छ ।

गएको पुस ९ गते गाउँकै दुई युवकद्वारा भएको यौन दुव्र्यवहार घटनामा न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिनुभएको थियो ।

यस घटनाको सुक्ष्म अनुसन्धानको लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम गएको बिहीवार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले हिजो पीडितको घरमा पुगी परिवारसँग सोधपुछ गरेको छ । घटनामा प्रहरीले कमजोरी गरेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारीका प्रहरी कर्मचारीसँग आवश्यक जवाफ लिने काम भएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

माइतीघरमा बस्दै आएकी २४ वर्षीया सदायलाई स्थानीय २२ वर्षीय सञ्जिव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।

त्यही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको पीडित पक्षको आरोप छ ।

पछि जिल्लाका मानव अधिकारकर्मीसहितको दबाबमा गएको फागुन २५ गते जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको थियो । आरोपितहरू अझै फरार रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया