सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाकाे एक लाख ९१ हजार रुपैयाँ...
बैशाख ८, २०८२ सोमबार
खोटाङ – साउदीमा ३८ नेपाली अलपत्र परेका छन् । २०७४ फागुन १ गते साउदी पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् । साउदी पुगेयता नौ सय रियल मात्र पाएका नेपालीले एक दिन ड्यूटी इन्कार गरेकामा कम्पनीले सडकमा निकालिदिएपछि खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की अलपत्र परेका हुन् ।
यस्तै, सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे व्लोन, सुर्यबहादुर बम्जन, भोजपुरका सुर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दिपक गुरुङ, नारायण गिरी र रामेछापका केशब खड्का अलपत्र परेको सुरक्षित आप्रवासन सामी परियोजनाको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले जानकारी दिनुभयो ।
क्याटरिङको कामका लागि भन्दै काठमाडौंको चावहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पठाइएका उनीहरुले काम गरेपनि तोकिएको समयमा तलब नपाएपछि सोमबार ड्यूटी जान इन्कार गरेका थिए । तलव नदिएपछि एक दिन ड्यूटी छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेषन श्रेष्ठले बताउनुभयो । काम गरेवापतको तलव असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरुले एक दिन काम अस्वीकार गरेको बताइएको छ ।
एजेण्टले मासिक १३/१४ सय रियाल तलव पाउने बताए पनि सम्झौतापत्रमा मासिक आठ सय रियाल मात्र पाउने उल्लेख भएको, क्याटरिङको काम भन्दै सप्लाई र अन्तिममा क्लिनिङको काममा लगाएको पीडितको गुनासो छ । क्लिनिङको काम पनि राम्रो नभएको भन्दै कम्पनी मालिक दुलाल चौधरीले तीन जनालाई लछारपछार गरेका थिए । अलपत्र युवाले युवाको उद्धारको माग गरेका छन् ।
साउदीमा नेपाली ड्राइभरको व्यथा : पैंतीस लाख रुपैयाँ तिर्न नसक्दा मरुभूमिको बास