सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाकाे एक लाख ९१ हजार रुपैयाँ...
बैशाख ८, २०८२ सोमबार
युएई – बलात्कारको आरोपमा युएईमा पक्राउ परेका एक युवालाई नेपाल पठाइएको छ । जबर्जस्ती करणी गरी फरार भएका सिन्धुलीको मनिठाकुर गाउँपालिका ४ का सिंहलाल थिङलाई दुई दिन अघि युएई प्रहरीले पक्राउ गरेको थियो ।
थप अनुसन्धानका लागि उनलाई नेपाल लगिएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । थिङले गएको असोज २२ गते विदेशबाट सामान ल्याइदिएको बहानामा महोत्तरीको बर्दिवास बजारको एक होटलमा बोलाएर एक महिलालाई बलात्कार गरेको आरोप छ । जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी युएई गएको सूचना पाएपछि नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेको थियो ।