युक्रेनमा बिजुली आपूर्ति बन्द गर्ने स्लोभाकियाको चेतावनी
पुस १३, २०८१ शनिबार
काठमाडौं – नेपाल र युएईबिच समझदारी पत्र (एमओयु) परिमार्जन गर्ने विषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपालका लागि युएईका राजदूत सइद हमदान मोहमद अल नाक्बीबिच मंगलबार भएको भेटमा श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी एमओयु परिमार्जनका बारेमा छलफल भएको हो ।
भेटमा दुवै देशले आवश्यक तयारी गर्ने र चाँडै समझदारी पत्र परिमार्जन गर्ने काम प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको छ । श्रम मन्त्री र राजदूतबिच नेपाली श्रमिकका लागि युएईमा रोजगारीका थप अवसरको सम्भावना, श्रम सम्बन्धमा हुनुुपर्ने सुधारका क्षेत्र तथा नेपाली श्रमिकको सुरक्षा लगायतका विषयमा पनि छलफल भएको छ ।
राजदूत नाक्बीले युएईमा इन्जिनियर, नर्स, मेडिकल डाक्टर जस्ता दक्ष जनशक्तिको माग बढ्दै गएको बताउनुभयो । त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिक सहितको अवसर रहेको उहाँको भनाई छ ।
जवाफमा मन्त्री विष्टले युएईको माग र आवश्यकता अनुुरुप नेपालमा दक्ष जनशक्तिको उत्पादन एवं जनशक्तिको आपूूर्तिका सम्भावनाबारे द्विपक्षीय छलफल गरी उपयुक्त विधि र पद्धति अवलम्बन गर्न जोड दिनुभयो ।