युक्रेनमा बिजुली आपूर्ति बन्द गर्ने स्लोभाकियाको चेतावनी
पुस १३, २०८१ शनिबार
खोटाङ – मलेसियामा मेसिनमा च्यापिँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका सुवास आचार्यको बिहीबार मृत्यु भएको छ ।
पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षीय आचार्यको मेसिनमा च्यापिएर मृत्यु भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जानकारी दिनुभयो ।
गुल्मी घर भई हाल मलेसियामा सँगै कार्यरत राजु पछाईका अनुसार आचार्यको शव मेसिनमा च्यापिएको अवस्थामा फेला परेको थियो । २०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा काम गर्न पुगेका थिए ।
मृतकको शव ल्याउनका लागि पहल भइरहेको सूचना केन्द्रले जनाएको छ ।