कुवेत आममाफी : आजदेखि आवेदन खुला

 बैशाख १४, २०७७ आइतबार १४:४७:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतले गैरकानुनी रुपमा त्यहाँ बसेका नेपाली श्रमिकलाई आममाफी दिनको लागि आजदेखि आवेदन खोलेको छ । आजदेखि आउँदा अप्रिल ३० सम्म चार दिनको मात्र समय राखेर आवेदन खोलिएको हो । 

फेब्रअरी २९ सम्म भिसाको म्याद सकिएका नेपाली नागरिकले यो मितिभित्र तोकिएको स्थानमा सबै आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्ने कुवेत सरकारलाई उद्धृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाउनेहरुको नेपालसम्म आउने हवाई टिकट पनि कुवेत सरकारले नै व्यहोर्ने भएको छ ।  यसरी आममाफी पाएर फर्केकाहरु पुनः रोजगारीको लागि कुवेत जान सक्नेछन् ।

आममाफीको लागि आउँदो ३० तारिखसम्म बिहान ९ बजेभित्र तोकिएको ठाउँमा सम्पर्क गर्न सकिनेछ। जिलिब हसविया क्षेत्रमा बस्ने र जिलिब हसविया क्षेत्रबाहिर बस्नेहरुको लागि छुट्टा–छुट्टै सम्पर्क स्थान तोकिएको छ ।

जिलिब हसविया क्षेत्रमा बस्नेहरूको लागि :

सामान–लगेज २० केजी र ह्याण्डक्यारी ७ केजी नबढ्ने गरी लिन दूतावासले आग्रह गरेको छ । गैरकानुनी भएका पुरुषहरुलाई सम्पर्कको लागि जिलिब अल–सुएख, नयिम बिन मसुद स्कूल बोइज, ब्लक ४, स्ट्रिट २५०९ तोकिएको छ ।

महिलाले जिलिब अल–सुएख, रूफाइदा अल–अस्लामिया प्राइमरी गर्ल्स, ब्लक ४, स्ट्रिट २००९ मा सम्पर्क गर्न सक्नेछन् ।

जिलिब हसविया क्षेत्र बाहेकका अन्य सबै क्षेत्रमा बस्नेहरूका लागि :

पुरुषले फर्वा्निया गभर्नरेट–अल–मुथान्ना प्राइमरी स्कूल–बोइज, बल्क १, स्ट्रिट १२२ मा र महिलाले फर्वानीया गभर्नरेट–फर्मानीया प्राइमरी स्कूल–गर्ल्स, बल्क १, स्ट्रिट ७६ मा सम्पर्क गर्नुपर्नेछ । 

राहदानी भएका सिधै र राहदानी नभएकाहरू नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट प्राप्त गरी सकेपछि मात्र जान दूतावासले आग्रह गरेको छ ।

यस्तो छ प्रक्रिया :

म्याद बाँकी रहेका सक्कल नेपाली राहदानी भएकाहरूले आफ्नो व्यक्तिगत सामानहरू सहित थप निर्देशन नआउँदासम्म तोकिएको सेल्टरमा बस्न तयार हुने गरी माथि उल्लेखित केन्द्रमा सिधै जान सक्नेछन् । 

सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आईडी नभएका तर फोटोकपी भएकाहरूको हकमा उल्लेखित कागजातहरूको प्रतिलिपि तथा चारप्रति पासपोर्ट साइजको फोटो लिई ट्राभल डकुमेन्टका लागि त्यही स्थानमै आवेदन दिन सकिनेछ ।

कुनै कागज नभएकाहरूको हकमा फिंगर प्रिन्टको आधारमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट प्राप्त गरेर मात्र चारप्रति पासपोर्ट साइज फोटो सहित ट्राभल डकुमेन्टको लागि त्यही स्थानमै आवेदन दिन सकिने दूतावासले जनाएको छ । 

सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आईडीको फोटोकपी मात्र भएकाहरूले चारप्रति पासपोर्ट साइज फोटोसहित नेपाली दूतावासमा अप्रिल ३० सम्म दैनिक बिहान ९ बजेदेखि १ बजेभित्र सम्पर्क राखी  ट्राभल डकुमेन्टका लागि आवेदन गर्न सकिने पनि दूतावासले जनाएको छ । त्यसपछि माथि तोकिएका स्थानमा सम्पर्क गर्नुपर्नेछ । 

कुनै कागजात नभएकाहरूको हकमा फिंगर प्रिन्ट गरेर दजिजस्थित जेनेरल इभिडेन्स डिपार्टमेन्टबाट प्राप्त हुने कागजको प्रिन्टआउट रिपोर्ट लिएर मात्र चारप्रति पासपोर्ट साइज फोटो सहित दूूतावासमा सम्पर्क राख्नुपर्नेछ । 

दूतावासमा कुनै लगेज वा सामान लिएर नआउन पनि दूतावासले आग्रह गरेको छ ।
दूूतावासबाट एकै दिनमा धेरै जनालाई ट्राभल डकुमेन्ट सम्बन्धी सेवा दिन अप्ठ्यारो हुने देखिएकाले अलग–अलग मिति तोकिएको पनि दूतावासले जनाएको छ ।

महाबुल्ला क्षेत्रमा बसोबास गर्ने नेपाली श्रमिकको लागि :

आममाफी कार्यक्रममा सहभागी हुन महाबुल्ला क्षेत्रमा बसोबास गर्ने नेपाली श्रमिकले यात्रा अनुमति पत्र ९ट्राभल डकुमेन्ट० का लागि अप्रिल २६ र २७ तारिखमा आवेदन दिनुपर्ने दूतावासले जनाएको छ ।

दूतावासले तोकेका स्वयंसेवकलाई चारप्रति पासपोर्ट साइजको फोटो सहित राहदानीको फोटोकपी, नेपाली नागरिकताको प्रमाणपत्र र त्यसको फोटोकपी, कुवेतको सिभिल आइडी र त्यसको फोटोकपी लगायतका कागजात सहित सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ ।

सम्पर्क व्यक्ति (स्वयंसेवक) :

१. केशर घलान – ६५९८४२५८

२. डम्मर रिमाल – ६५७८६१६६

३. राज मल्ल – ६००६७५७२

४. नेहा राई – ६६१८०२७०

५. गोविन्द बराल ९मोहित० – ९००२८३७२

६. सीतामान तामाङ – ६५९६३३७८

यात्रा अनुमतिपत्र ९ट्राभल डकुमेन्ट० तयार भएपछि त्यसको वितरण गर्ने सम्बन्धी छुट्टै जानकारी गराइने दूतावासले जनाएको छ । यस्तै, अप्रिल २८ मंगलबारदेखि अप्रिल ३० सम्म बाँकी रहेका अन्य क्षेत्रमा बस्ने नेपालीहरूले उल्लेखित सेवाका लागि नेपाली दूतावासमा सम्पर्क राख्न मिल्ने दूतावासले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया