अनुचित लेनदेन जाँचबुझ आयोग गठन : चिया विकास बोर्डमा पाण्डे र स्वास्थ्य बीमा बोर्डमा काफ्ले नियुक्त

 फागुन २७, २०८१ मंगलबार ६:११:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सरकारले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।

बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । नियुक्तिका लागि गठित सिफारिश समितिले काफ्लेसहित कमल पन्थी र डा.कृष्णप्रसाद अधिकारीको नाम सिफारिश गरेको थियो । 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया