मध्यपहाडी लोकमार्गको कास्की–बाग्लुङखण्डमा एक सय ९३ किलोमिटर का...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – विदेशमा रहेका ४ लाखभन्दा धेरै नेपाली स्वदेश फर्कन खोजेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
कोरोनाको कारण रोजगारी गुमाएका २ लाखसहित भिसा म्याद सकिएका तथा आममाफी पाएका गरी चार लाखाभन्दा बढी नागरिक नेपाल फर्किन चाहेको प्रतिवेदन मन्त्रालयले बुधबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रस्तुत गरेको हो ।
बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सांसदहरुले माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन ।
नेकपाका वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई ल्याउनुपर्ने बताउनुभयो । लामो समय क्वारेण्टीनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकलाई नेपाल ल्याउन सकिए राम्रो हुने नेपालको भनाइ छ ।
सांसद पुष्पा भूसालले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै प्रश्न गर्नुभयो । स्वदेश फर्किन चाहने नागरिकलाई सुरक्षित रुपमा भित्र्याउन सरकारी पूँजी खर्च गर्न तयार हुनुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हामी विदेशी रेमिट्यान्सबाट तलब, भत्ता खाने तर तिनै नागरिकहरुलाई नेपाल भित्र्याउन नसक्ने ? उनीहरुलाई सुरक्षित नेपाल भित्र्याउन सरकारी पूँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ कि छैन ?’
सांसद दिव्यमणि राजभण्डारीले पनि विदेशमा रगत पसिना बगाएर रेमिट्यान्स पठाउने नागरिकलाई स्वदेश ल्याउन नसक्ने के सरकार भन्दै प्रश्न गर्नुभएको छ । ‘द्वन्द्वका कारण वर्षौसम्म हामी रेमिट्यान्समा बाँचिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यही हाम्रा दाजुभाइदिदी बहिनीले रगत, पसिना बगाएर कमाएको पैसाबाट बाँचिरहेका छौँ, उनीहरुलाई नेपाल आउने व्यवस्था गर्न नसक्ने के सरकार ?’
यसैगरी सांसद भीम रावलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुश चरित्र भएको बताउनुभयो । बैठकमा उहाँले डेढ महिनासम्म सीमा क्षेत्रमा रहेका नागरिकहरुको स्वास्थ्य जाँच गरी नेपाल ल्याउनुपर्ने उहाँले बताउनुभयो । ‘सीमा क्षेत्रमा रहेका नागरिकलाई के कारणले रोक्नुप¥यो ? यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादा विपरितको काम बन्द गरियोस,’ उहाँले भन्नुभयो ।सङ्क्रमण नभएका नागरिकलाई स्वदेश ल्याउनुपर्ने उहाँको भनाइ छ ।
अरु देशले ग्रिन कार्ड र पिआर भएका व्यक्तिलाई पनि आफ्नो देश फर्काइरहेको भन्दै उहाँले हाम्रो देशले ४५ दिनसम्म आफ्ना नागरिक ल्याउन नसक्नु निरङ्कुश र अलोकतान्त्रिक चरित्र भएको टिप्पणी गर्नुभयो ।
Bijay angdembe
May 8, 2020, 1:37 a.m.म बसेको ३ महिना भयो , धेरै बिजोग भएको छ यहाँ / टिकट काट्ने पैसा पनि छैन ...म नेपाल आउन चाहन्छु / मलाई फिनिश भनेको ३ महिना भयो ..त्यसैले धेरै अप्ठ्यारो र बिजोग छु प्लिज मा नेपाल आउन चाहन्छु /
Md Nasruddin
May 7, 2020, 6:19 a.m.Yes absolutely righ. Our government must be think about the citizens who want to come back from abroad due to covid-19 uncertainty lockdown.
Indra Bahadur Thapa
May 6, 2020, 7:59 p.m.वैदेशिक रोजगार प्रवर्ध्दन वोर्डमा विदेश जाने युवाहरुवाट म्यानपावर कम्पनी मार्फत उठाएको ७ अरब बढी पैसा खै कता छ ?? त्यो पैसा प्रयोग गरेर नेपाल फिर्ता आउन चाहनेलाई ल्याउनु पर्यो .......