कुवेत सरकारले भन्यो : आवासीय भिसा नवीकरण गर्नु, प्रवेश भिसा भएकाहरु स्वदेश फर्कनु

 कात्तिक २६, २०७७ बुधबार १२:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ कुवेतमा हुनुहुन्छ र आवासीय भिसा सकिएको छ ? यदि त्यसो हो भने तपाईँले नोेभेम्बर ३१ भित्र कि त आफ्नो आवासीय भिसा नवीकरण गरिसक्नुपर्छ कि भने स्वदेश फर्कनु पर्ने भएको छ ।

आवासीय भिसा पाएका श्रमिकले भने आफ्नो भिसा नवीकरण गर्न सक्नेछन् । तर प्रवेश भिसामा कुवेत गएकाले भने ३० नोभेम्बरभित्र स्वदेश फर्कनु पर्नेछ । कुवेतको मन्त्रिपरिषदको निर्णय अनुसार अब कुवेतमा आवासीय भिसा भएका विदेशी नागरिकले नोभेम्बर ३० भित्र भिसा नवीकरण गर्न पाउनेछन् ।

कोरोना महामारीको कारण आवासीय भिसा सकिएकालाई कुवेत सरकारले गएको अगष्ट ३१ सम्म तीन महिना र फेरि सेप्टेम्बर १ देखि ३० नोभेम्बरसम्म गरी ६ महिना भिसा थप गरिदिएको थियो । तर अब भने कुवतेको आन्तरिक मन्त्रालयले नयाँ नियम ल्याएको छ ।

प्रवेश भिसा मात्र भएका श्रमिकले यो समयमा कुवेत नछाडेमा कानुनी रुपमा प्रश्न उठ्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसलै समयमै आफ्नो भिसाको प्रकृति अनुसार कुवेत सरकारले तोकेको नियम अनुसार आफ्नो भिसा नवीकरण गर्न वा स्वदेश फर्कन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया