आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – काठमाण्डौ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको 'आईक्यू एअर' ले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।
'आईक्यू एअर' ले आज दिउँसो काठमाण्डौको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियाे । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे पनि काठमाण्डाै पहिलाे नम्बरमै छ । दोस्रो स्थानमा रहेको चीनकाे बेइजिङकाे वायु प्रदूषण सूचक १ सय ५७ भने तेस्रो स्थानमा रहेको भियतनामाे हानाेईकाे वायु गुणस्तर सूचक पनि १ सय ५७ मापन गरिएको छ ।
'एक्यूआई एअर' बाट
वायु गुणस्तर सूचक १ सयभन्दा माथि हुनु स्वास्थ्यका लागि जोखिमयुक्त मानिन्छ । एक्यूआई २ सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर नै मानिन्छ । सुक्खायाम शुरु भएसँगै जङ्गलमा लागेको डढेलो, पर्याप्त वर्षा नहुनु, काठमाण्डौको धुलाम्मे सडक, फोहर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ ।
वायु प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा मानव शरीरको हरेक अङ्गमा असर गर्ने डाक्टरहरू बताउँछन् । वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीका अङ्गहरू– नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीन प्रकाश शाहको भनाइ छ । उहाँले यसबाट जोगिन आवश्यक नपरि घरबाहिर नजान, जानै परे मास्क लगाउन, पूरा शरीर ढाक्ने कपडा लगाउन, सरसफाइमा ध्यान दिन लगायतका सुझाव दिनुभएको छ ।
यस्तै वायु प्रदूषणले आँखालाई पनि प्रत्यक्ष असर गर्ने आँखारोग विशेषज्ञ डा. ज्योतिबाबा श्रेष्ठले बताउनुभयो । उहाँले चस्मा लगाएर हिँड्न र सफा पानीले आँखा पखालिरहन सुझाव दिनुभएको छ । योसँगै वायु प्रदूषणले छाला, मुटु, मष्तिस्कमा पनि असर गर्ने हुनाले स्वास्थ्य सावधानी अपनाउनुपर्ने डाक्टरहरूले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।