तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीको धरौटी २ कराेड रुपैयाँ राख्दा उपयुक्त हुने बताएको छ ।
सरकारले धरौटी रकम ६ कराेड पुर्याउने तयारी गरेको खबर सार्वजनिक भएपछि विरोध गरिरहेको संघले १ करोड रुपैयाँ नगद र बैंक ग्यारेन्टी १ कराेड रुपैयाँ राख्दा हुने प्रस्ताव गरेको हो । संघको बैठकले निर्णय गरेर श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाउँदै संघले यस्तो प्रस्ताव गरेको हो ।
यस्तै नपुग धरौटी रकम जम्मा गर्न एक वर्षको समय पाउनुपर्ने पनि व्यवसायीको माग छ । व्यवसायी र मन्त्रीबीच अहिले पनि छलफल चलिरहेको छ । सरकारले म्यानपावरको धरौटी रकम २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी हुनुपर्ने गरी वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्न लागेपछि संघले त्यो व्यवहारिक नहुने बताउँदै त्यसलाई घटाउन प्रधामन्त्रीदेखि विभिन्न दलका शीर्ष नेतासम्मलाई भेटेर लबिङ गर्दै आएको छ ।
धरौटी रकम फिर्ता गराउन प्रधानमन्त्रीदेखि दलका नेतासम्मलाई लबिङ गर्दै म्यानपावर व्यवसायी