तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर सञ्चालनका लागि राख्नुपर्ने धरौटी रकम नघट्ने जवाफ दिनुभएको छ ।
सरकारले ६ करोड धरौटी राख्नुपर्ने व्यवस्थासहित वैदेशिक रोजगार ऐन शंसोधन गर्ने तयारी गरेपछि धरौटी रकम घटाउन माग गर्दै सोमबार भेट्न पुगेका व्यवसायीलाई मन्त्री विष्टले धरौटी रकम नघट्ने स्पष्ट पार्नुभएको हो ।
उहाँले ऐन समयमै संशोधन हुने पनि बताउनुभएको छ । ६ करोड धरौटी धेरै भएको भन्दै दुई करोडसम्म राख्दा उपयुक्त हुने सुझावसहित पुगेका व्यवसायीलाई मन्त्री विष्टले व्यवसायीका समस्याका बारेमा थप छलफल गर्न सकिने भन्दै धरौटी चाहिँ नघट्ने जवाफ दिनुभएको हो ।
त्यस्तै समस्यामा विषयमा छलफल गर्न सकिनेमा व्यवसायीहरुले सार्वजनिक रुपमा अमर्यादित किसिमले अभिव्यक्ति दिँदै हिँडेको भन्दै असन्तुष्टी पनि जनाउनुभएको छ । अब सार्वजनिक रुपमा यस्ता अभिव्यक्ति नदिन सुझाव दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका विकृती जसरी भएपनि रोकेरै छोड्ने पनि बताउनुभयो ।
उहाँले सरकारले खारेज गरिसकेका संघसंस्थासँग मिलेर केही व्यवसायीले सरकारका बारेमा नराम्रा कुरा गरिरहेको भन्दै त्यसमा ध्यानाकर्षण भएको पनि बताउनुभयो ।
व्यवसायी भने १ करोड रुपैयाँ नगद र बैंक ग्यारेन्टी १ करोड रुपैयाँ राख्दा उपयुक्त हुने सुझावसहित मन्त्री विष्टलाई भेट्न मन्त्रालय पुगेका थिए ।
यो पनि पढ्नुहोस् ।
धरौटी २ कराेड राख्नु उपयुक्त हुने व्यवसायीको प्रस्ताव, धरौटीको ब्याज पाउनुपर्ने माग
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।
Amar singh dhami
Aug. 14, 2018, 2:02 p.m.कहिलेसम्म खुल्ने हो नि भीसा मलेसियाको जानकारी लिन सकिन्छ कि ?