मलेसियामा आफ्ना श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने

 पुस ९, २०७७ बिहिबार १५:५३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि मलेसिया सरकारले विदेशी श्रमिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियम लागू गर्ने भएको छ ।

आफ्नो कम्पनीमा कार्यरत श्रमिकको रोजगारदाताले नै कोरोना परीक्षण गर्नुपर्ने भनिए पनि नगरेको पाइएको भन्दै मलेसिया सरकारले जनवरी १ देखि श्रमिकको कोरोना परीक्षण गर्नुपर्ने र नगरिदिने रोजगारदातालाई कारबाही गरिने बताएको हो ।

डिसेम्बर १ देखि नै मलेसिया सरकारले क्लालाम्पुर, पेनाङ, नेग्री सेम्बिलान र सभा राज्यका सबै क्षेत्रमा काम गर्ने श्रमिकको कोरोना परीक्षण रोजगारदाताले गर्नुपर्ने बताएको थियो । तर अहिले पनि धेरै रोजगारदाताले श्रमिकको कोरोना परीक्षण गर्न आनाकानी गरेको पाइएको छ ।

तर अब जनवरी १ देखि भने श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने भएको छ ।

तपाईको प्रतिक्रिया