मलेसियामा विदेशी श्रमिकको कोरोना उपचार र क्वरेण्टीन खर्च रोजगारदाताले व्यहोर्नु पर्ने

 पुस ९, २०७७ बिहिबार १६:१२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा सुरक्षा मन्त्री दातुक सेरी इस्लामी सबरी याकोबले विदेशी श्रमिकको क्वरेण्टीन र उपचार खर्च रोजगारदाताले व्यर्होर्नु पर्ने बताउनुभएको छ ।

मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमित बढेसँगै त्यहाँ सङ्क्रमित हुने विदेशी श्रमिकको क्वरेण्टीन र उपचार खर्च रोजगारदाता स्वयमले व्यर्होर्नु पर्ने बताउनुभएको हो । मलेसियामा राष्ट्रिय सुरक्षा परिषदको विशेष बैठकले समेत यस विषयमा सहमति जनाएको मन्त्री दातुकको भनाइ छ ।

उहाँले भन्नुभएको छ, ‘कोरोना पोजेटिभ भएका श्रमिक जसलाई अस्पताल, क्वरेण्टीन वा उपचार कक्ष जहाँ राखिएको छ त्यसको खर्च रोजगारदाताले तिर्नुपर्छ ।’ यस्तै मलेसिया सरकारले विदेशी श्रमिकले त्यहाँको नियम अनुसार आधारभूत सेवा सुविधा पाए नपाएको पनि जाँच गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया