तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – काठमाडौंको सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिस प्रालिको काम रोक्का गरिएको छ । प्रालिको कामकाज शंकास्पद पाइएकाले अनुसन्धानका लागि कामकाज रोक्का गरिएको हो ।
पूर्व स्वीकृती नलिई कतार पठाइदिन्छु भन्दै कामदारसँग प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म लिएर अन्तर्वार्ता लिइरहेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागको टोलीले आइतबार प्रालिमा छापा मारेको थियो । प्रालिको सम्पूर्ण कागजपत्र पनि जफत गरिएको छ ।