ठूलो भूकम्पपछि परकम्पको जोखिम : सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागले कोरोना महामारीको कारण भौतिक रूपमा उपस्थित भएर दिने सेवाहरू बन्द गरेको छ ।
तर यो महामारीबाट बच्दै आफू रहेकै ठाउँबाट अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिन्छ । पछिल्लो समय वैदेशिक रोजगार कल्याणकारी कोषमा र बिमाबापत तिर्नुपर्ने रकम अनलाइनमार्फत नै तिर्ने व्यवस्था गरेपछि वैदेशिक रोजगार कार्यालयमा नगई अनलाइनमार्फत नै विदेशबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ ।
यस्तो रकम इसेवाबाट पनि सजिलै तिर्न सकिन्छ । रकम तिर्नका लागि बैंक तथा सम्बन्धित कार्यालय धाउन पर्दैन । अहिलेको लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सन नेपाल लाइफ इन्स्योरेन्सले अनलाइनबाटै म्यादी जीवन बिमा गरिरहेको छ ।
यदि इसेवा चलाउनुहुन्छ भने पहिला आफ्नो खाता लगइन गर्नुहोस् । सर्च बारमा “Foreign Employment Insurance Fund” लेखी देखाइएको आइकनमा थिच्नुपर्छ ।
त्यहाँ व्यक्तिगत रूपमा शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने ] “Man Power” छनोट गर्नुपर्छ ।
Insurance Company मा Sun Nepal Life Insurance Company Ltd देखिन्छ । त्यहाँ क्लिक गर्नुपर्छ ।
व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै रोजगार अवधि र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर, लट नम्बर साथै रोजगार अवधि पनि राखेर “Check” मा थिच्नुपर्छ ।
देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुपर्छ ।
इसेवाबाट कल्याणकारी कोषको रकम तिर्नका लागि सबैभन्दा पहिला आफ्नो खाता लगइन गर्नुहोस् । त्यसपछि सर्चबारमा “Foreign Employment Insurance Fund” लेखेको आइकनमा थिप्नुपर्छ ।
त्यहाँ व्यक्तिगत रूपमा शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने ] “Man Power” छनोट गर्नुपर्छ ।
व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै रोजगार अवधि र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर, लट नम्बर साथै रोजगार अवधि पनि राखेर “Check” मा थिच्नुपर्छ ।
देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुपर्छ ।
कोरोना महामारीको कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञा कडा गरिएको छ । जसको कारण वैदेशिक रोजगार विभागबाट भौतिक रूपमा उपस्थित भई प्रदान गर्ने सेवाहरू पनि बन्द छ ।
अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने पुनः श्रम स्वीकृति सेवा पनि अहिले बन्द छ । तर अनलाइनबाटै लिन मिल्ने पुनः श्रम स्वीकृति भने अहिले पनि सञ्चालनमा छ । अर्को सूचना जारी नभएसम्म भौतिक रूपमा विभागको कार्यालयमा उपस्थित भएर सेवा लिन पाइने छैन ।
अनलाइन सेवा बारे थप बुझ्नका लागि विभागमा शाखा अधिकृत सालिकराम फुयाँललाई ९८४१८२७७८३ नम्बरमा माधवराज पाण्डेलाई ९८४१३१०३२३ नम्बरमा र कम्प्युटर इन्जिनियर अर्जुन यादव लाई ९८४११४९३८० नम्बरमा फोन गर्न सकिन्छ ।
जेठ १३ गतेदेखि नेपाली श्रमिकको श्रम गन्तव्य कतारमा नियमित उडान गर्दैछ । कतार र नेपालीबीच हप्तामा एक उडान हुनेछ । अन्य देशमा पनि विस्तारै खोल्दै जाने जनाइएको छ ।