चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प : नेपालमा पनि धक्का महसुस

 पुष २३, २०८१ मंगलबार ७:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज बिहान चीनको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा रहेको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । यो भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि नागरिक घरबाहिर निस्किएका छन् ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार भूकम्पले पुराना तथा कमजोर संरचनामा क्षति पुर्‍याउन सक्छ । उत्तरी क्षेत्रमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

भूकम्पको परकम्प आउन सक्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया