चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प : नेपालमा पनि धक्का महसुस
पुस २३, २०८१ मंगलबार
रुकुम – जीवनको उर्जाशील दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी देशमा बिताएपछि यतिबेला रुकुमपूर्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थाल्नुभएको छ ।
राेजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गर्नुभएका उहाँ यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहनुभएको छ । खाडीमा काम गर्दा औसत मासिक ३० हजार रुपैयाँ कमाउनुहुने उहाँले अहिले भने मासिक औसतमा २५ हजार रुपैयाँ कमाइरहेको बताउनुभयो । विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उहाँ स्वदेश फर्किएर कृषि कर्ममा लाग्नुभएको हो ।
उहाँ भन्नुहुुन्छ, “घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी तीन लाख रुपैयाँको हारहारीमा भइरहेको छ ।” विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उहाँको भनाइ छ ।
“पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो”, भागीमानले भन्नुभयो, “सङ्कटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।” विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उहाँको भनाइ छ । भागीमानले सेराना जातको मौरी पाल्नुभएको छ ।
भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आउनुभएको छ । सुरुमा एउटा भाले र दुईवटा माउबाट सुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् । बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक रू २० हजार आम्दानी भइरहेको उहाँको भनाइ छ । यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहनस्वरुप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ ।