एमालेलाई बधाई, अब माओवादीले अरूकाे विराेधमा समय खेर फाल्नु हुँदैन : नेता श्रेष्ठ

 बैशाख ३१, २०७८ शुक्रबार १४:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादी केन्द्रले अरूकाे विराेधमा समय खेर फाल्न नहुने बताउनुभएकाे छ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे विवाद समाधानतिर गइरहेका बेता नेता श्रेष्ठले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे । 

उहाँले लेख्नुभएकाे छ, ‘हाम्रो पार्टी र अन्य कम्युनिस्ट क्रान्तिकारीहरू, मुख्यत: हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन । देशभक्ति, क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसात् गर्दै व्यवस्थितरूपमा वैचारिक–सांस्कृतिक रूपान्तरण र सङ्गठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ ।’ 

नेता श्रेष्ठले वैचारिक छिपछिपेपन, विधि–पद्धतिकाे अवज्ञा, व्यक्तिवाद, सङ्कीर्णता, अनेकता, गुटबन्दी, भ्रष्टीकरणबाट माथि उठ्न र त्यसविरुद्ध सङ्घर्ष गर्न पनि दृढ रहनुपर्ने बताउनुभएकाे छ । यति भए मात्रै क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सकिने उहाँकाे भनाइ छ ।  

अहिलेकाे अवस्थामा भने तत्काल सिङ्गो पार्टी पङ्क्ति कोरोना महामारीसँग जुध्न स्वयंसेवामा जुट्न नेता श्रेष्ठले आग्रह गर्नुभएकाे छ । 

बिहीवार (हिजाे) बूढानीलकण्ठमा एक व्यवसायीकाे घरमा एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएकाे छ । भेटपछि छलफल सकारात्मक भएकाे नेता नेपालले प्रतिक्रिया दिनुभएकाे छ । त्यही भेटपछि नेपालतर्फका सांसदकाे राजीनामा पनि टरेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया