आईपीएल क्रिकेटमा आज गुजरात र बेंगलुरु खेल्दै

 वैशाख २२, २०८१ शनिबार १२:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । बेंगलुरुमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरात १० खेलमा ८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । त्यस्तै बेंगलुरु १० खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ ।

सन् २०२२ मा गुजरात आफ्नो पहिलो सिजनमै विजेता र गएको सिजन उपविजेता बनेको थियो । त्यस्तै बेंगलुरु सन् २०१६, २०११ र २००९ मा उपविजेता बनेको थियो । बेंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

उसलाई प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्स्लाई २४ रनले हराएको थियो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया