न्यूरोडमा कर छल्नका लागि एउटा सटर महिनाकाे चार हजार रुपैयाँमै भाडा सम्झौता

 बैशाख २२, २०८१ शनिबार १५:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौको न्यूरोडमा कर छल्नकै लागि एउटा सटर महिनाको चार हजार रुपैयाँमै सम्झौता गरेको पाइएको महानगरपालिकाले जनाएको छ । महानगरको टोलीले शुरु गरेको घरवहाल कर बारेको बजार अनुगमनका क्रममा न्यूरोड क्षेत्रमा सस्तोमा भाडा सम्झौता भएको पाइएको हो ।

सम्झौताअनुसारको १० प्रतिशत कर महानगरपालिकालाई तिर्नुपर्छ । त्यही कर छल्नको लागि सस्तोमा सम्झौता भएको हुन सक्ने नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले बताउनुभयो । न्यूरोड क्षेत्रमा सामान्य सटरको पनि ४०/५० हजार रुपैयाँ भाडा पर्ने भन्दै उहाँले निकै ठूला सटर पनि महिनाको चार हजारमा सम्झौता भएको पाइएको बताउनुभयो ।

महानगरको टोलीले हिजो न्यूरोडबाट घरबहाल करबारे अनुगमन शुरु गरेको हो । महानगरले कर तिर्नेलाई धन्यबाद दिन र नतिर्नेलाई कर तिर्न आग्रह गर्न अभियान शुरु गरेको बताएको छ । अनुगमनको क्रममा व्यवसाय दर्ता भए पनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाण्डौ महानगर राजश्व विभागका राजश्व अधिकृत रामजी श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया