ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको ३८२ औं अंक विदेशमा मिर्गौला फेल हुने समस्या र यसबाट बच्ने उपायको बारेमा केन्द्रित छ । कार्यक्रममा १३ वर्ष कतारमा काम गरेर फर्किएपछि मात्रै दुवै मिर्गौला फेल भएको थाहा पाएका झापा बिर्तामोड ४ का क्षत्रबहादुर गतालको समस्या सुन्न सकिन्छ । करार अवधि भित्रै विदेशमा अंगभंग वा बिरामी भएमा बैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता पाइन्छ । बोर्डले दिने आर्थिक सहायतको विषयमा वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीसँगको कुराकानी पनि समावेश छ । विदेश जाने कामदारमा धेरै मिर्गौलाको समस्या हुनुको कारण र मिर्गौला जोगाउने उपायबारे वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह पनि कार्यक्रममा सुन्न सकिन्छ । अनि साथमा छन्, उज्यालोसँग साट्नुभएको तपाईँको अनुभव र तपाईँका रुचिका विषय समेटिएको राउण्ड अप पनि ।