कार्यान्वयन हुने खालको बजेट ल्याउन सरकारलाई पूर्वअर्थमन्त्रीहरूक...
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ ।
जीतसँगै दिल्ली क्यापिटल्सलाई उछिन्दै गुजरात अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हिजोको खेलमा गुजरातले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा अल आउट भयो ।
राजस्थानका सिम्रन हेटमेरले सर्वाधिक ५२ रन बनाए । कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे । गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए । रसिद खान र साई किशोरले समान २ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।
गुजरातका साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए । जस बटलर र शाहरुख खानले समान ३६ रन जोडे । राजस्थानका तुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १/१ विकेट लिए ।
गुजरात टाइटन्सको यो चौथो जीत हो । उसले ५ खेलबाट ८ अङ्क बनाएको छ । दोस्रो स्थानको दिल्लीको ६ अङ्क छ । राजस्थानको भने यो तेस्रो हार हो । ५ खेलबाट ४ अङ्क बनाएको राजस्थान सातौं स्थानमा छ ।
आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।