टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
बैशाख १९, २०८१ बुधबार
काठमाण्डाै – वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा अहिले कर्णाली प्रदेशका प्रदेश सभा सदस्य शाही, नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवम् सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकारसमेत ३२ जनामाथि एक अर्ब ४७ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र अहिलेका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा अहिलेका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा अहिलेका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र अहिलेका उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले उनीहरूविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ५२ रुपैयाँ ८५ पैसा बिगो मागसहित मुद्दा दायर गरेको हो । निगमले २०७३ सालमा दुई वटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी जहाज खरिदमा भएको अनियमितताका सम्बन्धमा २४ जना नेपाली र आठ जना विदेशी रहेका बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।