खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा ज्यान गुमाएका दुई जनाको परिवारलाई प्रतिमृतक पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका गोदावरी नगरपालिका–४ बडीखेलका शंकर पहरी र रमेश पहरीको उपचारका क्रममा ज्यान गएपछि नगरपालिकाले राहत स्वरूप प्रतिमृतक पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार अहिले सबै वडाहरूमा डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणका सबै उपाय अपनाउँदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।
डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभई नियन्त्रणमा जाँदा ललितपुरमा दुई जनाको ज्यान गएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।