शेयर बजार ९ अङ्कभन्दा धेरैले बढ्याे

 चैत २७, २०८० मंगलबार १५:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज शेयर बजार झन्डै १० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

आज ९७ लाख ८९ हजार कित्ता शेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर १८ करोड आठ लाख रुपैयाँमा कारोबार भयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया