काठमाण्डौ उपत्यकामा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ शुरु

 बैशाख २, २०८१ आइतबार १५:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाल प्रहरी

काठमाण्डाै – सभ्य सडक संस्कारका माध्यमबाट गाडी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ शुरु गरेको छ ।

अभियानको शुभारम्भ गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दाे र दुर्घटनारहित बनाउन विशेष ‘अपरेशन’ सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । गृहमन्त्री लामिछानेले नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताउनुभयो । ट्राफिक नियम पालनामा लापर्बाही भइरहेको सन्दर्भ जोड्दै उहाँले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै लामिछानेले अब नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी गर्नेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिनुभयो । विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिनुभयो । उपमेयर डङ्गोलले नागरिकले पनि जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया