नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार घट्याे

 बैशाख २, २०८१ आइतबार १५:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३५ अङ्कले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा झरेको छ ।

आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज तीन सय २० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता शेयर तीन अर्ब छ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया