शेयर बजार तीन अङ्कले घट्याे

 बैशाख १३, २०८१ बिहिबार १६:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो खासै घटबढ नभएको शेयर बजार आज तीन अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २४ अङ्कले घटेर एक हजार नौ सय ६५ दशमलव ९३ विन्दुमा झरेको छ ।

आज फाइनान्स, बीमा, म्युचल फन्ड, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार ओरालाे लागेकाे दिन सबैको लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मल्टीपर्पाेज फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज तीन सय तीन वटा कम्पनीका ६३ लाख १२ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको ११ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया