लगातार ४ दिनसम्म बढेकाे शेयर बजार आज ९ अङ्कभन्दा धेरैले घट्याे

 जेठ २, २०८१ बुधबार १६:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार चार दिनसम्म बढेको शेयर बजार आज नौ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५४ अङ्कले घटेर दुई हजार १७ दशमलव ९७ विन्दुमा आइपुगेको छ ।

आज उत्पादन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, विकास बैंक, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बजार घटेकाे दिन तीन सय १५ वटा कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर तीन अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको ११ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया