खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
यसपटकको मनसुनमा देशभर औसतभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएको छ । यही जेठ १९ गतेदेखि असोज १४ गतेसम्मको मनसुनी अवधिमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद्काअनुसार देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।
सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।
साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यो अवधिमा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा धेरै हुने देखिन्छ । यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।
साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्दछ ।
प्राकृतिक विपद्को जोखिम
मनसुनमा औसतभन्दा बढी पानी पर्दा प्राकृतिक प्रकोपको जोखिम बढ्ने सम्भावना छ । पानी धेरे पर्दा हिमाली र पहाडी भेगमा पहिरो जाने तथा तराईमा बाढीको उच्च जोखिम हुन सक्छ ।
यसै पनि सामान्यभन्दा बढी पानी पर्न सक्ने मौसमविद्को प्रक्षेपणले बाढी पहिरोको चुनौती सिधै बढ्ने खतरा छ भने केही समयअघि डढेलोले नङ्ग्याएका डाँडामा पहिरोको जोखिम उत्तिकै छ । धेरै दिनसम्म काठमाण्डौ लगायत देशका विभिन्न ठाउँका जङ्गलमा डढेलो लागेको थियो । यसले त्यहाँका जमिनमा असर पुगेको छ । आगोका कारण जमिनको पानी स्वस्ने क्षमतामा ह्रास आउने र जमिनभित्र पानी छिर्न नसक्दा अग्ला क्षेत्रका वनजङ्गलबाट पानी सिधै तल झरेर पाखा पहरोमा पहिरोको जोखिम बढ्ने विज्ञको भनाई छ ।
मनसुनको पूर्वतयारी र प्रतिकार्य योजना
अनुमान अनुसार मनसुनी वर्षा धेरै भए विपत्का घटना बढ्ने जोखिम रहँदा प्रभावित क्षेत्रमा पर्न सक्ने असर र हुनसक्ने क्षतिको आंकलन गरेर पूर्व तयारीमा जुट्ने बेला भईसकेको छ । यसअघि मनसुनी वर्षाको जोखिम सामना गर्न राम्रो पूर्वतयारी गर्न नसक्दा प्राकृतिक विपत्का घटनाका कारण धेरै जनधनको क्षति भएको इतिहास छ ।
अहिले मनसुन शुरु हुन अब एक महिना पनि बाँकी छैन । अहिलेसम्म वर्षायाममा हुन सक्ने विपद्को लागि पूर्वतयारी केही भएको छैन । भर्खरै मात्र मौसम पूर्वानुमानको बुलेटिन सार्वजनिक भएको छ । न जोखिम क्षेत्रको पहिचान भएको छ, न प्रभावित हुनसक्नेको तथ्याङ्क सङ्कलन भएका छन् । मनसुनी प्रकोपको पूर्वतयारी गरेर विपद् सामना गर्न तम्तयार रहनुपर्ने अहिलेको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बल्ल मनसुनको पूर्वतयारी र प्रतिकार्य योजनाका लागि राष्ट्रिय रणनीति बनाउन सुरसार गरेको उपसचिव राजेन्द्र शर्माले बताउनुभयो ।
विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न प्रकोप पूर्वको तयारी अपरिहार्य हुन्छ । विपद् पूर्वतयारीलाई औपचारिकता मात्र ठान्नु हुँदैन । मनसुनी वर्षाको जोखिम सामना गर्न राम्रो पूर्वतयारी गर्न नसक्दा वितेका केही वर्षमा बाढी र पहिरोबाट धेरै क्षति भएको थियो । त्यसैले विगतको मनसुनमा भएका विपद्का क्षति, प्रतिकार्यका प्रयास र सिकाइ समेटेर मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गर्न आवश्यक छ ।
मौसम पूर्वानुमानको सूचना बेवास्ता नगर्न मौसमविद्को आग्रह
मौसम पूर्वानुमान सेवा नागरिकसँग प्रत्यक्ष सरोकारको विषय हो । त्यसैले आउँदा दिनमा समग्र मौसमको अवस्था के–कस्तो रहन्छ ? के काम गर्ने, के नगर्ने, घर बाहिर जाँदा के कुरामा ध्यान दिने भनेर विभिन्न सञ्चारका प्रविधि तथा माध्यमबाट जानकारी गराइएको हुन्छ । तर मौसमको अवस्थाबारे पूर्वानुमान हुदाँहुँदै पनि यसलाई बेवास्ता गर्दा विभिन्न समस्याहरु आइपर्ने गरेका मौसमविद् गोविन्द झाले बताउनुभयो ।
उहाँकाअनुसार पछिल्लो समय नेपालमा जल तथा मौसम विज्ञान विभाग महाशाखाले गरेको पूर्वानुमान ठ्याक्कै मिल्न थालेको छ । त्यसैले महाशाखाले दिने सूचनालाई मात्र ख्याल गर्ने र साबधानी अपनाउने हो भने पनि केही हदसम्म खेतीबाली नाश हुने, बाढी पहिरोका घटनाबाट जनधनको क्षति हुने, पानीमा रुझ्ने, चट्याङ र हावाहुरीबाट ज्यान जाने लगायतका समस्या कम हुने मौसमविद् झाले बताउनुभयो ।
पछिल्लो समय इन्टरनेटको विकास, र अन्तर्राष्ट्रिय स्तरका प्रविधि भित्रिएसँगै नेपालमा मौसम पूर्वानुमान मिल्न थालेको पाइन्छ । महाशाखाले विशेष महत्वका साथ मौसम पूर्वानुमानलाई प्रकाशित प्रसारण थालेसँगै मौसम पूर्वानुमानको विश्वस्वनीयता र थप व्यापकतासमेत हुँदै गएको छ । मौसम पूर्वानुमानको सूचना स्थानीय बासिन्दा, गाउँपालिका/नगरपालिका र वडातहसम्मै पुर्याउने हो भने पनि धेरै हदसम्म विपत्को जोखिम र क्षति कम गर्न मद्दत पुग्ने मौसमविद् झाको भनाई छ ।
पूर्वसूचना प्रणालीको अभ्यास
विपतजन्य घटनाबाट हुनसक्ने क्षति कम गर्न पूर्वसूचना प्रणालीको अभ्यासले सहयोग पुर्याएको देखिन्छ । त्यसैले मौसम पूर्वानुमान विश्लेषण अध्ययन गरी जोखिम क्षेत्रका पालिकालाई सहभागी गराएर सूचना प्रवाहको दायरा बढाउँदै लग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको योजना छ । नदी र जलाधार क्षेत्रमा पूर्वसूचना प्रणाली अभ्यासमा आएसँगै बाढीबाट हुने मानवीय क्षति हरेक वर्ष घट्दै गएको गृह मन्त्रालयले दाबी गरेको छ ।
पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गएर विपद्का कारण हुँदै आएको क्षति न्यूनीकरण गर्न सकिने अवस्था रहेको छ । सरकारले जोखिम क्षेत्रका बासिन्दालाई विपदबारे एसएमएसमार्फत, साइरन जडानलगायतका माध्यमबाट पूर्वसूचना दिने गरेको छ । तर मौसमजन्य विपदबाट प्रभावित क्षेत्रका नागरिकले पूर्वसूचना ढिलो गरी पुग्ने गरेको गुनासो अझै गर्ने गरेका छन् । त्यसैले यस प्रणालीलाई अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।