विश्वासकाे मत लिने कार्यसूची स्थगितकाे माग गर्दै उपेन्द्र यादवद्वारा सर्वाेच्चमा निवेदन

 जेठ ६, २०८१ आइतबार १८:१२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भोलि सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची स्थागितको माग गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ ।

जसपा नेपाल विभाजनको मुद्दा अदालतमा विचाराधीन रहेकाले विश्वासको मत लिने कार्यसूची स्थगित गर्न माग गर्दै उपेन्द्र यादवले आज सर्वोच्चमा निवेदन दिनुभएको हो । जसपा नेपालबाट विभाजन भएर गठन भएको दलले सरकारलाई समर्थन दिएको र नयाँ दललाई आधिकारिता नदिनु र यथास्थितिमा राख्नु भनेर सर्वोच्च अदालतले अल्कालीन अन्तरिम आदेश दिएको अवस्थामा विश्वासको मत लिनु असंवैधानिक देखिएको निवेदनमा उल्लेख छ ।

१२ जना सांसद रहेको जसपा नेपाल फुटेर सात जना सांसदसहित अशोक राईको नेतृत्वमा जसपा नेपाल दर्ता भएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया