शेयर बजार २२ अङ्कले घट्यो, चार अर्ब ४४ करोड रुपैयाँको कारोबार

 जेठ १३, २०८१ आइतबार १५:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको छ । आज होटल र म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज कालिञ्चोक दर्शन प्रालिको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड १० लाख कित्ता चार अर्ब ४४ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स र सीईडीबी हाइड्रोपावर कम्पनीको साढे १५ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भएको छ । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया