शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

 जेठ १४, २०८१ सोमबार १५:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन तथा प्रशाेधन, जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

बजार बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजाे झन्डै साढे चार अर्ब रुपैयाँकाे काराेबार भएकाेमा आज ९३ लाख ३० हजार कित्ता शेयर तीन अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २० करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया