श्रम मन्त्रालयलाई ८ अर्ब १० करोड रुपैयाँ बजेट, विदेश जान विना धितो ऋण

 जेठ १५, २०८१ मंगलबार १६:२८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८१/८२ वर्षका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड रुपैयाँ बजेट पाएको छ । सातै प्रदेशका १ हजार जना युवालाई स्वरोजगार बनाउन ४३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले कम्तीमा १ लाख जना 'रिटर्नी' लाई स्वरोजगार बनाउने पनि घोषणा गर्नुभएको छ । यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई विना धितो ऋण दिने भएको छ । त्यसका लागि वैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने सुनिश्चितता गर्नुपर्नेछ ।

यस्तै श्रम र रोजगारीसम्बन्धी समस्या सम्बोधनका लागि श्रमाधान योजना सञ्चालन गर्ने लगायतका कार्यक्रम बजेटमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया