प्रतिनिधि सभामा दुई वटा विधेयक प्रस्तुत, बजेटमाथिकाे छलफल चल्दै

 जेठ २१, २०८१ सोमबार १५:८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रतिनिधि सभामा आज दुई वटा प्रतिवेदन प्रस्तुत भएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०’ र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेश गर्नुभएको हो ।

बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । अहिले बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ ।

छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद धनराज गुरुङले बजेटले राखेको १२ खर्ब ६० अर्ब राजस्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने बताउनुभयो । उहाँले औषधि प्रयोजनका लागि गाँजा खुला, घरेलु जाँड–रक्सी बिक्री गर्ने कानुनी व्यवस्था, जडीबुटी खेती र गैरकानुनी कारोबार नियन्त्रण गर्ने हो भने १९ खर्ब रुपैयाँ राजस्व उठाउन सकिने बताउनुभयो । उहाँले राजस्व बढाउनतिर नलागेर ऋण लिनु बेठीक भएको बताउनुभयो ।

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर सङ्घीयता धान्ने कुरा गलत भएको टिप्पणी गर्नुभयो । यसैगरी नेकपा एमालेका सांसद रघुजी पन्तले कृषिमा लगानी दशकको घोषणा, महिलामा लगानी दशकको घोषणा भएको तर त्यसअनुसार बजेट विनियोजन नभएको भन्दै बजेट अन्तरविरोधी देखिएको बताउनुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया