हिजाे दाेहाेराे अङ्कले बढेकाे शेयर बजार आज सामान्य घट्याे

 जेठ २१, २०८१ सोमबार १५:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार आज तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईबीएल स्टेबल फन्डको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे नौ प्रतिशतले बढेको छ ।

आज तीन सय १६ वटा कम्पनीका ८८ लाख २० हजार कित्ता शेयर चार अर्ब ४० लाख रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया