१० महिनामा विदेश पढ्न जानेले १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरे

 जेठ २८, २०८१ सोमबार १८:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – १० महिनामा विदेश पढ्न जाने नेपाली विद्यार्थीले एक खर्ब चार अर्ब रुपैयाँ खर्च गरेका छन् । गएको वर्ष भने जम्मा ७५ अर्ब १४ रुपैयाँ खर्च भएको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालू आर्थिक वर्षकाे साउनदेखि वैशाखसम्मकाे १० महिनाको वित्तीय विवरणअनुसार अहिले विदेश पढ्न जाने विद्यार्थीबाट भएको खर्च झन्डै २९ अर्ब रुपैयाँले धेरै हो । समग्रमा विदेशमा भ्रमण र पढ्न जाने नेपालीले १० महिनामा एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन् ।

यस्तै भ्रमण आय अर्थात् विदेशीले नेपालमा १० महिनामा ६९ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको १० महिनामा विदेशीले नेपालमा ५१ अर्ब ३७ करोड रुपैयाँ मात्रै खर्च गरेका थिए ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया