पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीयवासी त्रसित भएका छन् । जङ्गली हात्तीले घर भत्काएपछि आफू एक हप्तादेखि परिवारसहित छिमेकीको घरमा बस्न बाध्य भएको वडा नम्बर ४ का ठगी कडाराले बताउनुभयो ।
हात्तीले उहाँको घर भत्काएर अन्न खाइदिएको छ । हात्तीको बथान गाउँ पसेपछि एक हप्तादेखि गाउँभरका मानिस सुत्न नपाएको उहाँले बताउनुभयो । हात्तीले हरिलाल टमटा र राज टमटाको पनि घर भत्काएर अन्न खाइदिएको छ ।
गाई, गोरु, भैँसी बाख्रालगायतलाई पनि हात्तीले क्षति पुर्याउने डर भएकाले खेतमै बाध्नुपरेको राज टमटाले बताउनुभयो । अघिल्ला वर्षहरूमा हात्तीको बथानले खेतबारीको अन्नमा मात्रै क्षति गर्ने गरेकामा यस वर्ष घरै भत्काइदिएको उनीहरू बताउँछन् ।
गाउँपालिकाको वडा नम्बर ३ र ४ मा गरी हात्तीले झन्डै ५० बिघा बढी जग्गामा लगाइएको उखुखेतीमा क्षति पुर्याएको छ । दुई वटा हात्तीले छावा जन्माएकोले २४ वटा हात्तीको बथान भदौ महिनादेखि लालझाडी गाउँपालिका नजिकको वन क्षेत्रका बस्दै आएको छ । लालझाडीमा हात्तीको आक्रमणबाट अघिल्लो महिना रामदल रानाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।