काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – नेपालमा मनसुन भित्रिएसँगै पूर्वी क्षेत्रमा प्रभाव देखिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पूर्वको कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशमा मनसुनको प्रभावले केही ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् गोबिन्द झाले जानकारी दिनुभयो । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।
त्यस्तै देशका मध्य र पश्चिम क्षेत्रमा तापक्रम उच्च नै छ । आज पनि तराई क्षेत्रका केही ठाउँमा तापक्रम ४० देखि ४४ डिग्री सेल्सियससम्म रहन सक्ने अनुमान छ । नेपालमा मनसुन भित्रिएपनि पश्चिम तराईमा तापक्रम अझै एक/दुई दिनसम्म तापक्रम उच्च नै रहने मौसमविद्ले बताएका छन् ।
पूर्वबाट भित्रिएको मनसुन विस्तारै पश्चिमतर्फ लाग्नेछ । अबको चार/पाँच दिनमा मनसुन पश्चिम सर्ने महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।