'लाइट स्टोन' मा लगानी गर्ने भन्दै १० लाख रुपैयाँ उठाएर भागेका तीन जना पक्राउ

 जेठ २९, २०८१ मंगलबार १५:२४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'लाइट स्टोन' मा लगानी गर्ने भन्दै १० लाख रुपैयाँ सङ्कलन गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको भीमेश्वर नगरपालिकाका अम्मरबहादुर तामाङ, नुवाकोटको शिवपुरि गाउँपालिकाका दिलबहादुर दमाई र नुवाकोटकै दुप्चेश्वर नगरपालिकाका सुनिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अम्मरबहादुरले फोन गरी मसँग 'लाइट स्टोन' छ, लगानी गरेमा फाइदा हुन्छ भनी प्रलोभन देखाएर दोलखा घर भएका भीमबहादुर कार्कीलगायतको १० लाख रुपैयाँ उठाएपछि भागेका थिए ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया